Skip This
एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
कुवेतमा जारी एसियन कप छनोटमा सहभागी नेपाली टोली । तस्बिर सौजन्य : एन्फा
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार १o:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:१o:oo

एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ए को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली जोर्डनसँग २–० ले पराजित भएको छ । कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा युवा नेपाली खेलाडीले जोर्डनविरुद्ध पहिलो तथा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पहिलो हाफमा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो । मध्यान्तरपछिको खेलमा नेपालको डिफेन्स कमजोर बन्दा जोर्डनले बाजी मारेको हो । जोर्डनसँग नेपाल चौथोपटक पराजित भएको हो । अहिलेसम्मको पाँच अन्तर्राष्ट्रिय खेलमा नेपालले जोर्डनलाई एकपटक मात्र बराबरीमा रोक्न सफल भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङलाई राष्ट्रिय टोलीमा डेब्यु गराएका थिए । 

नयाँ स्वरूपको नेपाली टोली दबाबमा
विकासले त्रिभुवन आर्मी क्लब र दीपले हिमालयन शेर्पा क्लबबाट व्यावसायिक फुटबल खेल्छन् । ११ सिनियर खेलाडी र मुख्य प्रशिक्षक अलमुताइरीबीचको विवाद चर्किंदा अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनोट प्रतियोगिताका लागि नवयुग श्रेष्ठको कप्तानीमा युवा खेलाडीलाई प्राथमिकतामा राख्दै टोली घोषणा गरेको थियो । 

प्रशिक्षक अलमुताइरीले जोर्डनविरुद्ध पहिलो रोजाइमा गौतम श्रेष्ठ, मनिष डाँगी, आयुष घलान र सुरज ज्यु ठकुरी खेलाएका थिए । एकदमै नयाँ स्वरूपको नेपाल जोर्डनसँगको प्रतिस्पर्धामा अधिकांश समय दबाबमा नै रह्यो । राष्ट्रिय टोलीमा स्थान बनाएका गोलरक्षक दीपले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो । 

खेलको ४३औँ मिनेटमा गौतम श्रेष्ठले जोर्डनका मोहमद फैसललाई डिबक्स क्षेत्रभित्र लडाएका थिए । त्यसपछि जोर्डनले पेनाल्टी पायो । गोलरक्षक दीपले बायाँतिर डाइभ गर्दै मुसा मोहमद सुलेमानको प्रहारलाई असफल बनाए । खेलको ६९औँ मिनेटमा जोर्डनले नेपालविरुद्ध १–० को अग्रता लियो । अली ओल्वानले नेपाली डिफेन्स लाइन तोड्दै गोल गरे । खेलको ८२औँ मिनेटमा जोर्डनले २–० को अग्रता लियो । यसपटक जोर्डनले पेनाल्टीबाट दोहोरो गोलको अग्रता लियो । सुमन अर्यालले डिबक्समा जोर्डनका खेलाडीलाई फल गरेका थिए । फल गरेपछि जोर्डनले पाएको पेनाल्टिमा हम्जा अलले नेपालका गोलरक्षक दीपलाई विपरीत दिशामा डाइभ गराउँदै गोल गर्न सफल भए ।

नेपाल २८ जेठमा कुवेतसँग खेल्दै
अब नेपालले समूहको दोस्रो खेल २८ जेठमा कुवेतसँग खेल्नेछ । समूह ए मा जोर्डन र इन्डोनेसियाले तीन–तीन अंक बटुलेका छन् । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछन् । साथै दोस्रो हुने उत्कृष्ट पाँच टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउने छ ।

कम्बोडियालाई भारतले हरायो
छनोटअन्तर्गत बुधबार समूह डीको खेलमा भारतले कम्बोडियालाई २–० ले हराएको छ । भारतलाई जिताउन दुवै गोल कप्तान सुनिल क्षेत्रीले गरेका थिए । खेलको १४औँ मिनेटमा सुनिलले पेनाल्टीमा गोल गरे । उनले ६०औँ मिनेटमा दोस्रो गोल गर्दा भारत विजयी भयो । यसै समूहमा हङकङले अफगानिस्तालाई २–१ ले पाखा लगायो । समूह ई मा बंगालदेश बहराइनसँग २–० ले पराजित भयो । बहराइनलाई जिताउन अली हराम र कामिल अल आश्वादले गोल गरेका थिए । समूह सीमा रहेको श्रीलंका उज्वेकिस्तानसँग ३–० ले पराजित भयो । समूह सीमा माल्दिभ्स थाइल्यान्डसँग ३–० ले हा¥यो । 

कुवेतलाई इन्डोनेसियाले हरायो
छनोट प्रतियोगिताकै अर्को खेलमा इन्डोनेसियाले कुवेतलाई २–१ ले स्तब्ध पारेको छ । खेलको ४१औँ मिनेटमा नासेर अल सुलेमानले कुवेतलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मार्क क्लकले पेनाल्टीमा गोल गर्दै इन्डोनेसियालाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफको पहिलो मिनेटमा इन्डोनेसियाले कुवेतविरुद्ध अग्रता लियो । इरिआन्तोले इन्डोनेसियालाई २–१ को अग्रता दिलाएका हुन् । 
 

ad
ad