१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १४:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशविरुद्धको महाभियोग टुंगोमा पुर्‍याइनुपर्छ : एमाले सचिव अर्याल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:१५:oo

नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोग टुंगोमा पुर्‍याउनुपर्ने बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी हुन नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेकी  अर्यालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीश जबराको विरुद्धमा लगाइएको महाभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याइनुपर्ने बताएकी हुन् । 

संसदमा महाभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरीकन राखिरहनु नहुने उनको भनाइ छ । ‘यो महाभियोग पास गर्नका निम्ति ल्याइएको होइन । निश्चित उद्देश्य पूरा गर्नको निम्ति ल्याइएको हो भनेर जे भनेका थियौँ, त्यो आज पुष्टि भएको छ । त्यसैले फेरि पनि हाम्रो कुरा के छ भने कि लगाउनुहुन्थेन, लगाइसकेपछि संसदमा ल्याएर, छलफल चलाएर, जे टुंगो गर्ने हो टुंगो गर्नुपर्छ भन्ने हो हाम्रो कुरा हो,’ उनले भनिन् । 

सांसद अर्यालले प्रधानन्यायाधीशविरुद्धको महाभियोग निश्चित उद्देश्य पूरा गर्नका निम्ति ल्याइएको आरोप लगाइन् । महाभियोग लगाइसकेपछि कानुनसम्मत् रूपमा प्रक्रिया अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

ad
ad