१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर प्लेट राख्न मंगलबार देखिएको सेवाग्राहीको भिड । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो यातायात विभाग

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२o:oo

यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य नगर्ने भएको छ । विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी साउनदेखि इम्बोस्ड नम्बर प्लेट जडान भए–नभएको अनुगमन मात्रै गरिने जनाएको हो । विभागले गत शुक्रबार एक सूचना जारी गर्दै साउनदेखि बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा कारबाही गर्ने चेतावनी दिएको थियो । तर, यस विषयमा सर्वत्र आलोचना भएपछि विभाग आफ्नो निर्णयबाट पछि हटेको हो ।  

 इम्बोस्ड नम्बर प्लेटका लागि तीन दिनदेखि पर्खाइमा 
नेपालको यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउँने भन्दै सरकारले अनिवार्य गरेकोे इम्बोस्ड नम्बर प्लेट जडानले सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । विभागले इम्बोस्ड नम्बर प्लेट जडान तत्काल हुने बताए पनि सेवाग्राहीले तीन दिनदेखि लाइनमा बस्नुपरेको गुनासो गरेका छन् ।विभागले आगामी साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने सूचना जारी भएपछि यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको भिड बढ्न थालेको छ । गुर्जुधारास्थित कार्यालयमा मोटरसाइकल तथा स्कुटरमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सेवाग्राही बिहानैदेखि लाइनमा बसेको दुखेसो पोखेका छन् ।

यातायात विभागले इम्बोस्ड नम्बर प्लेट लागू गर्न आवश्यक सबै पूर्वाधार तयारी भएको दाबी गरेको छ । प्लेट जडानका लागि गर्नुपर्ने आवश्यक सबै पूर्वाधार तयार गरेर नै कार्यक्रम कार्यान्वयनमा ल्याएको विभागले जनाएको छ । हाल विभागमा दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेका छन् । त्यस्तै, इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन गर्ने प्रणाली र यसको पर्सनलाइजेसनको प्रणाली तयार भइसकेको विभागको दाबी छ । नम्बर प्लेट फिटिङ गर्ने जनशक्ति आपूर्तिको प्रबन्ध गरिसकिएको समेत जनाएको छ ।

उत्पादन भएर नम्बर प्लेटहरू समयमै सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा ढुवानी गर्न हुलाक सेवा विभागसँग सम्झौता भएको पनि विभागले जनाएको छ । नम्बर प्लेट जडान गर्न सवारीको सम्पूर्ण विवरण यातायात व्यवस्था कार्यालयहरूमा हुने भएकाले सवारीधनीले अनलाइन प्रणालीमार्फत गरेको आवेदन र त्यससँग सम्बन्धित विवरण रुजु गरी इम्बोस्ड नम्बर प्लेट प्रदान गर्ने जिम्मेवारी सम्बन्धित यातायात व्यवस्था कार्यालय भएको विभागको भनाइ छ । कार्यालयबाट जारी भएको नम्बर प्लेट सम्बन्धित सवारीसाधनको धनीको बायोमेट्रिक सूचनासहित पर्सनलाइजेसन गर्ने र फिटिङ गर्ने जिम्मेवारी सेवाप्रदायक हो ।

 यसका अतिरिक्त इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनका लागि आरएभआइडी गेट नभई नहुने पूर्वाधार नभएको विभागको दाबी छ । गेट इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेपछि त्यसको उपयोगिता वद्धि गराउने संरचना हो । यो कुनै निश्चित बिन्दुबाट कुनै समय अन्तरालमा कति र कस्तो प्रकारका सवारीसाधन वारपार भए भनी स्वचालित रूपमा तथ्यांक राख्ने प्रयोजनका लागि राखिने पूर्वाधार हो । यो गेट राख्नुपर्ने स्थान सडक विभागको क्षेत्राधिकारमा पर्ने र विभागबाट स्थान प्रयोगका लागि अनुमति प्राप्त हुनासाथ पहिचान गरिएका स्थानमा यस्ता गेट राखिने विभागले जनाएको छ ।

ad
ad