१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:४७:oo

सरकारले हाल परीक्षणका रूपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ । गत १ जेठबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिएकोमा १ असारबाट लागू हुने गरी आइतबारको साप्ताहिक बिदा खारेज गरेको हो । 

सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाणले शिक्षा र स्वास्थ्यमा व्यावहारिक नदेखिएकोले उक्त निर्णय खारेज गरिएको जानकारी दिए । 
यस्तै, सरकारले थाइल्यान्डमा आयोजना हुने गभर्नेन्स एन्ड एन्टिकरप्सन मेथड एन्ड टुल्स बिहाइन्ड अन इफेक्टिभ करप्सन एर्डिकेसन स्टाटेजी विषयक तालिमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिएको छ । 

सरकारले विश्व बैंकबाट हरित उत्थनशील समावेशी विकासका लागि प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने, व्यापार तथा निकासी प्रवर्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरदविक्रम राणालाई नियुक्त गर्ने, सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको खाणले जानकारी दिए ।

खाणका अनुसार सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न  स्वीकृति दिने, हातहतियार खरखजाना ११औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाशचन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । 

गृहमन्त्री खाणले भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२औँ बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने, प्रहरी नायब निरीक्षकहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने, गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने, रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए । 

उनले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास निर्माण समितिको अध्यक्ष पदमा सुवास बी. शाही र सदस्य पदमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने, नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने, मानव अंग प्रत्यारोपण विकास समिति गठन तेस्रो संशोधन आादेश २०७९ स्वीकृत गर्ने निर्णय भएको उनले बताए । 

सरकारले राजपत्रांकित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इन्जिनियरिङ सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, सरकारले लोकसेवा आयोगको सिफारिसबमोजिम निजामति सेवाको नेपाल वन तथा नेपाल शिक्षा सेवाका चारजनालाई राजपत्रांकित प्रथम श्रेणी वा सोसरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

ad
ad