१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गर्‍यो : केपी ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

एमाले अध्यक्ष केपी ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको बताएका छन् । ओलीले कोभिड संकटका वेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षा पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै मुलुकहरूले भन्दा बढी छिटो सफलता हात परेको बताएका हुन् । 

पुष्प बरुवाल स्मृति फाउन्डेसनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको कार्यक्रममा ओलीले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिए पनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको दाबी गरे । 

ओलीले तत्कालीन समयमा आफ्नो जीवनको सुरक्षाको प्रवाह नगरी कोभिड संक्रमितहरूको उपचारमा केन्द्रित भएको भन्दै चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको प्रशंसा गरे । बिरामीहरूलाई अक्सिजनको व्यवस्था गर्न सरकारले विमानबाट सिलिन्डरसमेत झिकाउनुपरेको उनले स्मरण गरे । उनले भने, ‘चिकित्सकहरूले आफ्नै जीवनको सुरक्षाको समेत प्रवाह नगरी उपचार उपलब्ध गराउनुभएको थियो । हामीले जति यसलाई गम्भीरताका साथ लियौँ । र, छोटो समयमै तीव्रगतिमा प्रगति गर्र्यौं स्वास्थ्य क्षेत्रमा । राजनीतिक स्वार्थभन्दा माथि उठियो । अर्थतन्त्र पहिलो भन्ने देशहरू पनि थिए । तर, हामीले स्वास्थ्य पहिलो प्राथमिकता, मानव जीवन पहिलो भन्ने नारा दिएर कोभिडविरुद्धको लडाइँमा सफलता पायौँ ।’

अमेरिकामा कोभिड संक्रमणपछि निधन भएका बरुवालको सन्दर्भ स्मरण गराउँदै ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालहरूको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको बताए । उनले स्व. बरुवालमा देश र जनताको पक्षमा केही गरौँ भन्ने भावना रहेको पनि बताए ।