१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

सबै सवारीमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरिएको होइन : विभाग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o४:oo

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिकाअनुसार सूचना प्रकाशित गरेको बताए। उनले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको जिकिर गरे।

‘आगामी साउन १ गतेबाट विभागले अनुगमन गर्दा २०७८ साल कात्तिक २२ गतेको सूचनाबमोजिम २०७८ मंसिर १ गतेपछि दर्ता भएका, फागुनबाट नामसारी भएका र जेठ १ गतेबाट नवीकरण भएका सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ कि छैन भनेर अनुगमन गर्ने भनिएको हो। यसको अर्थ २०७९ साउन १ गतेबाट २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भनिएको होइन,’ उनले भने।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभागले सम्पूर्ण पूर्वाधार तयार पारेको उनको दाबी छ। ‘यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नको लागि सम्पूर्ण पूर्वाधारहरू तयार गरिसकेको छ। मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन हो। जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति उपलब्ध गराउने विषय हो,’ महानिर्देशक घिमिरेले भने।

 

याे पनि पढ्नुहाेस् : पूर्वाधार नै नबनाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोज्दै सरकार

ad
ad