मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री आलेको आक्रोश– पार्टीभित्रैका चिप्लेकिराहरू आलेले चलखेल गर्‍यो भनेर इन्टरभ्यु दिइरहेका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रका केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्। पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरूपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री आलेले यस्तो आरोप लगाएका हुन्।

उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे। मन्त्री आलेले पार्टीका केही नेताहरूले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेकोप्रति आपत्ति जनाएका छन्।

‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाका लागि हामीलाई तोकिएको थियो। मैले त्यही वेला भनेको थिएँ– हामीले त आठ महिना खान पायौँ। दुई महिना त ग्रेसपार्क पाइसक्यो। अरू साथीहरूलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुहोस् म खुसी छु भनेर मैले सहमति पनि दिएको हो। तर, हाम्रै पार्टीभित्रका केही चिप्लेचोरहरू, चिप्लेकिराहरू आलेले धेरै चलखेल गर्‍याे भनेर इन्टरभ्यु दिइरहेका छन्। मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु।’