१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १९:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शंकर पोखरेलको दाबी– गठबन्धन सरकारले राजनीतिक प्रणालीमाथि प्रहार गर्‍यो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१२:oo

एमाले महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाएका छन् । पोखरेलले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने दाबी गरे । 

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबार राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरूप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको बताए । पोखरेलले राजस्व वृद्धि हुने वस्तुहरूको अति धेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभए पनि आगामी आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर हुने हावादारी कुरा उल्लेख गरिएको आरोप लगाए । 

उनले लगानी बढाउने अवस्था नभएकाले आर्थिक वृद्धिदर हुने कुनै आधार नरहेको जिकिर गरे । पोखरेलले भने, ‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । निराशाको परिणाम के हुन्छ भन्ने कुरा सहरी क्षेत्रका मतदाताले मूलधारका राजनीतिक पार्टीप्रति देखाएको असन्तुष्टिले प्रकट गरिसकेको छ भन्ने मलाई लाग्छ । यो राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठूलाठूला कुरा गरिएको छ । समग्रमा भन्नु हुन्छ भने– 'यो व्यापारिक पुँजीवाद वा दलाल नोकरशाही पुँजीवादको हिमायतीको रूपमा प्रकट भएको छ ।’

पोखरेलले बैंकहरूले लगानी गर्ने अवस्था नभएको वेला आगामी आर्थिक वर्ष उत्पादन वृद्धि गर्ने सरकारले सोच नै वस्तुपरक नभएको टिप्पणी गरे ।