१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

निजगढ विमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयो : अर्थमन्त्री शर्मा (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१४:oo

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४६औँ साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’, उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’

अर्थमन्त्री शर्माले त्रिभुवन विमानस्थलको विकल्पको रूपमा मात्र नभएर मधेस र मुलुकै सर्वांगीण आर्थिक विकासका लागि निजगढ विमानस्थल आवश्यक रहेको बताए । निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुतमार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको उनको भनाइ थियो । ‘मधेसलाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने द्रुतमार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तर्राष्ट्रिय यात्रुहरूलाई पनि आवातजावत गराउने हो’ उनले भने । 
त्यस्तै बीरगन्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि मन्त्री शर्माले बताए ।  वीरगन्ज उद्योग वाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगन्ज चिनी उद्योगको निरीक्षण गरेका थिए । निरिक्षणको क्रममा चिनी मिलमा कार्यरत कर्मचारील मिल सञ्चालनयोग्य रहेको जानकारी दिएका थिए ।

‘वीरगन्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’, मन्त्री शर्माले भने, ‘६–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ उनले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगन्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए । 

मन्त्री शर्माले पथलैया–वीरगन्ज करिडोर, निजगढ विमानस्थल र द्रुतमार्ग, चिनी कारखाना, सुक्खा बन्दरगाह, एकीकृत भन्सार जाँच चौकी निर्माणलगायतका माध्यमबाट वीरगन्जका उद्योगीलाई सम्बोधन गरिएको बताए । त्यस्तै, आन्तरिक उत्पादन वृद्धिका माध्यमबाट दिगो अर्थतन्त्र निर्माण गर्ने, विद्युत्मा छुट दिएर स्वदेशी उद्योगको संरक्षण गर्ने, निर्यातमा ८ प्रतिशतसम्म प्रोत्साहन रकम दिने, तयारी र कच्चा वस्तुको आयातमा लाग्दै आएको भन्सारदरमा एक तहको अन्तर गर्नेलगायतका विषयवस्तु राखेर देशभरका उद्योगीलाई सम्बोधन गर्नेक्रममा वीरगन्जका व्यवसायी पनि समेटिएको उनको भनाइ थियो ।  
 

ad
ad