१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हरिजन मृत्यु प्रकरण : गृहले बनायो फेरि अर्को छानबिन समिति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o९:oo

हरिजन मृत्यु प्रकरणमा गृह मन्त्रालयले अर्को छानबिन समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले स्थलगत अध्ययन गरी जेलमा हरिजनको मृत्यु प्रकरणबारे छानबिन गर्न मंगलबार पाँचसदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

‘सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको सम्बन्धमा निजहरूको स्थानान्तरण तथा आत्महत्याको घटनाका सम्बन्धमा उक्त घटना के कसरी घट्न गएको हो, सो सम्बन्धमा के कसो भएको हो, स्थलगत रूपमा अध्ययन अनुसन्धान गरी काम सुरु भएको मितिले सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न’ छानबिन समिति गठन गरिएको गृहको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईं संयोजक रहेको समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । कारागार व्यवस्थापन विभागका उपसचिव झंकनाथ ढकाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हरिजनको आत्महत्यासँग धेरै पक्ष जोडिएको र विशिष्ट खालको विषय भएकाले समिति गठन गर्नुपरेको बताए । 

सांसदहरूले कारागारमा ‘खेताला कैदी’ मृत्यु प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले यस प्रकरणको संसदीय छानबिन गर्न माग गरेकी हुन् । कारागारमा हरिजनको मृत्यु प्रकरणसँग समग्र घटनाको छानबिन गर्नुपर्ने उनको भनाइ छ । विशंखेले यस घटनाबाट नेपालको सिंगो न्यायप्रणाली, सुरक्षा संयन्त्र र राज्यको पूरै शासन संरचनामाथि प्रश्नचिह्न खडा भएको बताइन् । 

ad
ad