१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

‘खेताला कैदी’ प्रकरण : छानबिनका लागि संसदीय समिति बनाउन सांसद विशंखेको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o९:oo

माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले ‘खेताला कैदी’ प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेकी छिन्।  मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विशंखेले विजयविक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागारमा राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको दाबी गरिन्।

उनले केही दिनअघि सुन्दर हरिजनको कारागारमै निधन भएकोमा समग्र घटनाको छानबिन गर्नुपर्ने बताइन्। यस घटनाबाट नेपालको सिंगो न्यायप्रणाली, सुरक्षा संयन्त्र र राज्यको पूरै शासन संरचनामाथि प्रश्न चिह्न खडा भएको उनले उल्लेख गरिन्। सांसद विशंखेले सो घटनाको छानबिनका लागि संसदीय छानबिन समितिको साथसाथै गृह मन्त्रालयले पनि सरकारको तर्फबाट अर्को छानबिन समिति गठन गर्नुपर्ने माग गरिन्।

 

याे पनि पढ्नुहाेस् : ‘खेताला कैदी’को जेलमै मृत्यु, वास्तविक कैदी विदेशमा