१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आइजिपी बढुवा विवाद प्रकरणको सुनुवाइ आजबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:o८:oo

प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा विवादमा आजबाट अन्तिम सुनुवाइ सुरु हुँदै छ । सर्वोच्च अदालतमा आज (मंगलबार) बाट आइजिपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो ।

गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । सोही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते मंंगलबारलाई तोकिएको थियो ।

सरकारले पहिलो वरीयतामा रहेका एआइजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो वरीयतामा रहेका धीरजप्रताप सिंहलाई आइजिपी बनाएपछि विवाद चुलिएको थियो । एआइजी पोखरेलले आफूभन्दा कनिष्ठलाई सरकारले प्रहरी ऐन र नियमावलीविपरीत आइजिपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । 

ad
ad