Skip This
निजगढ विमानस्थलबारे मन्त्री आले– अदालतको पूर्णपाठलाई मध्यनजर गरेर अघि बढ्छौँ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजगढ विमानस्थलबारे मन्त्री आले– अदालतको पूर्णपाठलाई मध्यनजर गरेर अघि बढ्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o४:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताएका हुन्।

‘मन्त्रालयले अगाडि बढाउन नीति कार्यक्रममा आइसकेको छ। राष्ट्रिय योजना आयोगमा पनि एयरमार्क भइसकेको अवस्था छ। त्यसो भएको हुनाले मन्त्रालय पछाडि हट्दैन। हामी दृढतापूर्वक अगाडि बढ्छौँ। भोलि सम्मानित अदालतबाट आएको पूर्णपाठलाई मध्यनजर गरेर त्यसपछि फेरि हामी सरसल्लाह गरेर अगाडि बढ्ने नै छौँ,’ उनले भने।

मन्त्री आलेले हेलिकाेप्टर र हवाईजहाजहरू युरोपबाट ‘सेकेन्डह्यान्ड’मा किनेर नेपालमा प्रयोग गरिने गरेको बताए। उनले पुरानो जहाज प्रयोग गरेर मानिसको जीवनको खेलबाड गरिएको भन्दै जहाजहरूको पूरै इन्जिनियरिङ सर्भे गरेर मात्रै प्रयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।