१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अझै पनि ओली आफ्नो अहंकार र दम्भबाट पछि हटेका छैनन् : अध्यक्ष प्रचण्ड (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले अझै पनि आत्मसमीक्षा गरेर अघि बढ्न नचाहेको बताएका छन्। शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा एकपछि अर्को हार खाएका ओलीले अझै पनि आत्मसमीक्षा गरेर अघि बढ्न नचाहेको संसदमा उनले दिएका अभिव्यक्तिबाट पुष्टि भएको दाहालले बताए।

‘उहाँले तीन घण्टा बोल्नुभयो। बडो ध्यानपूर्वक तीनै घण्टा बसेँ । म, कहीँ उहाँले वामपन्थी एकता बनाउने कुरामा पो गर्नुहुन्छ कि ? आत्मसमीक्षा गरेर मैले गल्ती गरे पो भन्नुहुन्छ कि ? अदालतले भनेको कुरा वा पार्टीहरूले भनेको कुरा, गठबन्धनले भनेको कुरामा पुनरावलोकन गर्नतिर जानुहुन्छ कि भनेको त उहाँ त सुरुदेखि अन्तसम्म अरूलाई गाली गर्नेतिर मात्रै, बदनाम गर्नेतिर र मेरो दृष्टिमा धेरै झुट कुरा बोल्नेतिर मात्रै केन्द्रित हुनुभयो र उहाँ बिल्कुल आफ्नो अहंकार र दम्भबाट पछि हट्नुभएको छैन भन्ने देखियो,’ उनले भने।

अध्यक्ष दाहालले आफूलाई एमालेका धेरै नेता, कार्यकर्तामाथि विश्वास भए पनि ओलीकै कारण एमालेसँग सहकार्य गरेर जान अझै समस्या रहेको पनि बताए। उनले आफ्नो पार्टीको सहयोगमै ओली दुईपटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै अब एक्लै प्रधानमन्त्री बनेर देखाउन चुनौतीसमेत दिएका छन्।