१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुसिकोटका पूर्वमेयरद्वारा पाँचवर्षे कार्यकालको उपलब्धि सार्वजनिक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:४o:oo

मुसिकोट नगरपालिकाका पूर्वमेयर सोमनाथ सापकोटले आफ्नो पाँचवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्। कार्यालयमा पत्रकार सम्मेलन गरेर सापकोटाले मुसिकोट नगरपालिकाका प्रभावकारी कार्यहरू र गौरवका अधुरा योजनाबारे जानकारी दिएका हुन्। उनले सीमित स्राेत साधन, कर्मचारी अभाव र कोभिड– १९ को महामारीसँगै जनताबीच गरिएका वाचा ८० प्रतिशत पूरा भएको दाबी गरे।

जनताको प्रत्यक्ष जीवनलाई प्रभाव पार्ने खरका छाना विस्थापन, एक घर एक धारा, उज्यालो नगर र कृषि तथा पशुपालनको क्षेत्रमा आशालाग्दा काम गरिएको दाबी सापकोटाले गरे। निर्वाचित भएको एक सय दिनभित्र चार सय ९५ घरमा विद्युतको पहुँच विस्तार गरेर उज्यालो नगरपालिका घोषणा गरिएको थियो। गत स्थानीय तहको निर्वाचनको प्रमुख चुनावी मुद्दा र मुसिकोटको महत्वपूर्ण आवश्यकताको रूपमा रहेको खानेपानी समस्या समाधान गर्न सञ्चालन भएको एक घर, एक धारा अभियानमार्फत चार हजार नौ सय ३२ घरमा खानेपानीको धारा जडान गरिएको सापकोटाले बताए। जसका लागि ६० करोडको लगानीमा ४९ योजना सम्पन्न भएका छन्।

त्यस्तै, वर्षातमा चुहिने र गर्मीमा आगलागीको जोखिममा रहेका सात सय ६८ विपन्नको घरमा जस्तापाता लगाइएको छ। उनले भूकम्पपछि सात सय ५४ निजी आवास पुनर्निर्माण, मनसुनजन्य विपतमार्फत ५२ घर पुनर्निर्माण र २८ घर प्रबलीकरण भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमबाट एक सय ६० घर निर्माण भएका, जनता आवास कार्यक्रमबाट दुई घर निर्माण भएका र १२ घरपरिवारको बस्ती हस्तान्तरण गरिएको बताए।

सापकोटाका अनुसार कृषि ऋणमा ५० प्रतिशत ब्याज अनुदान, बडिगाढ करिडोर सम्मेलन, कफी लगाऊँ आम्दानी बढाऊँ कार्यक्रम, विद्यालय दिवाखाजा कार्यक्रम, सहुलियतपूर्ण कर्जा कार्यक्रम, माहुरी स्मार्ट कार्यक्रम, विभिन्न पकेट कार्यक्रमहरू (बाख्रा, कफी, मकै, माहुरी, कागती) करिब चार करोडको साझेदारीमा सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजनामार्फत कृषि र पशुपालनसँग सम्बन्धित आय–आर्जनका कामहरू भएका छन्। उद्यमीहरूको पहिचान र प्रतिस्पर्धामार्फत करिब डेढ सय व्यावसायिक उद्यमीलाई नगर र वित्तीय संस्थाहरूसँग जोडिएको नगरपालिकाले जनाएको छ।

स्थानीय कानुनहरू निर्माण, बौद्धिक सम्मेलनमार्फत मुसिकोटको समृद्धिका लागि सुझाव संकलन, गौरवका योजनाको पहिचान र बजेट विनियोजन तथा कार्यान्वयनसँगै उच्च भौतिक र वित्तीय प्रगति गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए। उनले एउटा बजेटबाट तीन वटासम्म काम गरिएको बताए। ‘अधिकांश भौतिक पूर्वाधारका काम टेन्डर प्रक्रियामार्फत गरेका छौँ। जसका बचेको पैसाबाट थप कामहरू पनि भएका छन्,’ उनले भने, ‘मुसिकोटले अरू पालिकाको तुलनामा उच्च भौतिक तथा वित्तीय प्रगती गरेको छ।’
 
भुसालका अनुसार नगरपालिकामा एक दर्जन गौरवका योजना रहेका छन्। निर्माणाधीन प्रशासकीय भवन र १५ शय्या हस्पिटलसहित छत्र मन्दिर, मुसिकोट दरबार, थुमपार्क पिकनिक स्थल, आँपचौर सहिद पार्क, मालिका मन्दिर, स्मार्ट पार्क, वामीकोट र पूर्वाधार विकास, सालिमे दह, आँपचौर प्राविधिक शिक्षालायको सभाहल गरेर करिब २१ करोड ५६ लाखका काम भइरहेका छन्।

पाँच वर्षको अवधिमा २०.३८ किलोमिटर सडक निर्माण, १५.४३ किलोमिटर स्तरोन्नति, ५५ किलोमिटर ग्राभेल, एक सय ४७ मिटर स्टोन मेसिनरी वाल, पाँच सय ५५ घनमिटर ग्याभिन जालीको काम भएको छ। नौ सामुदायिक विद्यालयमा कक्षाकोठा थप, स्वास्थ्यचौकी तीनवटा निर्माण, बर्थिङ सेन्टर भवन तीनवटा, आधारभूत स्वास्थ्यचौकी दुईवटा, हेल्थहर्ट एउटा निर्माण, नयाँ विद्यालय भवन चारवटा, शौचालय आठवटा, क्लब भवन दुईवटा, मठमन्दिर १८ वटा निर्माण मर्मत तथा पुनर्निर्माण, नाइटभिजनसहितको हेलिप्याड निर्माण, खेलमैदान ११ वटा निर्माण, पौवा–पोखरी तथा चौपारी गरेर एक सय ९७ वटा निर्माण, कृषि भवन एउटा निर्माण, कोसेली घर एउटा निर्माण, बिउ स्रोत केन्द्र एउटा निर्माण, कभर्ड हल एक, हाटबजार दुईवटा निर्माण तथा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

विशेष अनुदानअन्तर्गत १० उद्यमीलाई प्रतिव्यक्ति तीन लाख उपलब्ध, तीन सय ७१ परिवारलाई गोठ सुधार कार्यक्रममार्फत साढे सात हजार उपलब्ध, बाख्रा टेवा कार्यक्रममार्फत एक सय ४४ परिवारलाई १० हजारका दरले सहयोग, स्वाँरा होमस्टेका १९ परिवारलाई बाख्रापालनका लागि चार लाख सहयोग,  १० परिवारलाई फलफूल खेतीका लागि सहयोग, १२ घरपरिवारलाई ब्याड बोका वितरण, पाँच लाख माछा उद्यमीलाई सहयोग, २५ ब्राेइलर कुखुरापालन उद्यमीलाई सहयोग र १३ उन्नत भैँसी खरिद गरेर वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ।

ad
ad