Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १२ बिहीबार १७:२८:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

दाङका पालिकामा कांग्रेसको वर्चश्व, वडामा एमाले अगाडि 

Read Time : > 1 मिनेट
२०७९ जेठ १२ बिहीबार १७:२८:००

दाङका स्थानीय तहमा प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेसले वर्चश्व कायम गरेको छ । तर, वडामा भने नेकपा एमाले कांग्रेसभन्दा अगाडि देखिएको छ । जिल्लाका दश पालिकामध्ये पाँचमा कांग्रेस, तीनमा माओवादी र दुई वटामा एमालेका उम्मेदवार विजयी भएका छन् । 

घोराही र तुलसीपुर उपमहानगरमा एमाले विजयी भएको छ । लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको छ । 

त्यस्तै, माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा जित निकालेको छ । राप्तीको उपप्रमुखमा एमाले, बंगलाचुली र गढवाको उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका दाङका मुख्य निर्वाचन अधिकृत रिेतेन्द्रबहादुर थापाले बताए ।  ०७४ सालमा भने एमालेले ६, कांग्रेसले ३ र माओवादी केन्द्रले एक स्थानीय तहमा जित हात पारेका थिए । 

वडामा एमाले अगाडि 
१०० वडा रहेको दाङमा एमालेले ४० वटा वडाध्यक्ष आफ्नो पोल्टामा पारेको छ । कांग्रेसले ३७ र माओवादीले १९ वडामा जितेका छन् । नेकपा (एकीकृत समाजवादी) र जनमोर्चाले १-१ तथा स्वतन्त्र उम्मेदवारले दुईवटा वडामा जित निकालेका छन् । 

घोराही उपमहानगरपालिकामा १३ वटा वडामा एमाले, पाँचमा कांग्रेस र एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । तुलसीपुर उपमहानगरपालिकामा १९ वडामध्ये १० वटामा एमाले, पाँचवटामा कांग्रेस, तीनवटामा माओवादी केन्द्र र एउटा स्वतन्त्रले जितेका छन् । लमही नगरपालिकामा ८ वटा वडा कांग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । राप्ती गाउँपालिकामा एमालेले चार, माओवादीले दुई, कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीले १-१ वटा वडा जितेका छन् ।

गढवामा माओवादी केन्द्रले ४, एमालेले २ र कांग्रेसले २ वटा वडाध्यक्ष जितेका छन् । दंगीशरण गाउँपालिकामा चारवटा वडा एमालेले जित्दा कांग्रेसले तीनवटा वडा जितेको छ । बंगलाचुली गाउँपालिकामा कांग्रेस र माओवादीले चार-चार वडामा जित हासिल गरेका छन् । बबई गाउँपालिकामा कांग्रेसले चार र एमालेले तीनवटा वडाध्यक्ष जितेका छन् । 

त्यसैगरी, राजपुर गाउँपालिकामा माओवादी केन्द्रले तीन, एमाले र कांग्रेसले दुई-दुई वडा जितेका छन् । शान्तिगरमा कांग्रेसका ३, एमालेका २, माओवादी र स्वतन्त्रका १-१ जना वडाध्यक्ष निर्वाचित भएका छन् । ०७४ को निर्वाचनमा भने कांग्रेसले ४२, एमालेले ३१ र माओवादी केन्द्रले २६ वटा वडामा जित हात पारेका थिए । एउटा वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।