मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १२ बिहीबार
  • Monday, 14 July, 2025
तस्बिर : सञ्जित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १२ बिहीबार १४:१५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगरको वडामा एकीकृत समाजवादीको पहिलो जित, वडा १५ मा डंगोलको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १२ बिहीबार १४:१५:oo

नेकपा (एकीकृत समाजवादी)ले काठमाडौं महानगरपालिकाको वडामा पहिलो जित निकालेको छ। वडा नम्बर १५ मा ईश्वरमान डंगोलको प्यानलै विजयी भएसँगै एकीकृत समाजवादीले आफ्नो पहिलो जित निकालेको हो।

डंगोल ०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। महानगरका प्रवक्ता रहेका डंगोल एकीकृत समाजवादीको तर्फबाट काठमाडौं महानगरमा वडाध्यक्ष विजयी हुने पहिलो उम्मेदवार हुन्। डंगोलले तीन हजार चार सय ७६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार पाँच सय ७२ मत ल्याएका छन्।