Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार २०:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. बाबुराम भट्टराईको प्रतिक्रिया–नीति तथा कार्यक्रम समग्रमा सकारात्मक तर, अपर्याप्त (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार २०:१३:००

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले ल्याएको नीति, कार्यक्रम सकारात्मक भएपनि अपर्याप्त रहेको बताएका छन् । भट्टराईले मंगलबार संसद बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा महत्वपूर्ण सुधारका संकेतहरू भएपनि पर्याप्त नभएको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भएको टिप्पणी गरे । आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिनु सकारात्मक भएको उनले बताए । उनले भने, ‘नीति तथा कार्यक्रम समग्रमा सकारात्मक छ । यसमा केही महत्वपूर्ण सुधारहरू र संकेतहरू गरिएका छन् । आर्थिक विकास, समृद्धिलाई केन्द्रमा राखेर त्यसको प्राथमिकताका कुराहरू सकारात्मक छन् । तर, मेरो आफ्नो निजी विचारमा त्यति सामान्य सुधारले मात्रै पुग्दैन । नेपाल राज्यका जुन गम्भिर प्रकृतिका संरचनात्मक समस्या छन् । तिनको समाधान गर्ने हो भने आँट गर्नुपर्छ भन्ने मेरो सुझाव थियो । तर, त्यस अनुसार आउन सकेन । सुधारात्मक हिसाबले त यो ठिकै छ । तर यो अपर्याप्त छ । १९ को २० भयो ।’

उनले नीति तथा कार्यक्रमलाई लामो बनाउनु जरुरी नभएको पनि बताए । 

यस्तै, एमाले सांसद योगेश भट्टराईले नीति कार्यक्रममा कुनै नयाँ कार्यक्रम नभएको बताए । नीति कार्यक्रम सपना, उद्देश्य र गन्तव्यबिहीन भएको उनको टिप्पणी छ ।

उनले भने, ‘यो नीति, कार्यक्रम परम्परागत छ । यो नीति, कार्यक्रम झण्डै दुई घण्टा पढिएको छ । यो दुई घण्टाको समयमा यो नीति, कार्यक्रममा कुनै त्यस्तो नयाँ कार्यक्रमहरु छैन । कुनै नयाँ सपनाहरु छैन । र देशबासीहरुलाई, जनताहरुलाई सिंगो मुलुकलाई अपिल गर्ने कुनै त्यस्तो योजनाहरु यो नीति, कार्यक्रममा छैन । यसले कुनै उत्साह पनि दिएको छैन । सपनाबिहीन, उद्देश्यबिहीन, गन्तव्यबिहीन र यथास्थितिवादी नीति, कार्यक्रम छ । आउने वर्ष डरलाग्दो आर्थिक संकट हामीले सामना गर्नुपर्ने छ । मुलुक त्यता जादै छ ।’