बौधीमाईको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी, एमाले रौतहट अध्यक्ष मेयरमा पराजित

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

एमाले रौतहटका अध्यक्ष त्रिभुवन साह बौधीमाई नगरपालिकाको मेयरमा पराजित भएका छन् । बौधीमाई नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष प्रदीप यादव निर्वाचित भएका छन् ।

यादव ४ हजार ८१० मत ल्याएर विजयी हुँदा साह ३ हजार ४७८ मत ल्याएर तेस्रो भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार राजीवरंजन यादवले ४ हजार ६२४ मत प्राप्त गरे । राजीवरंजन निवर्तमान मेयर हुन् ।

उपमेयरमा एकीकृत समाजवादीकै प्रमिलादेवी निर्वाचित भएकी छिन् । उनले ४ हजार ८९४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सैबुन खातुनले ४ हजार ४८१ मत प्राप्त गरिन् ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार