मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १० मंगलबार १३:२६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पोखरा महानगरपालिका– १८ मा पुनः मतगणना गर्नुपर्ने एमालेको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १० मंगलबार १३:२६:००

नेकपा एमालेले पोखरा महानगरपालिका– १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा  मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो । मंगलबार बिहान घोषणा भएको मतपरिणामअनुसार उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार तीन मत अन्तरले विजयी भएका थिए ।

उक्त वडामा पुनः मतगणनाका लागि माग गर्दै एमालेबाट निवेदन आएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । निवेदनका सम्बन्धमा निर्वाचन कानुनअनुसार अघि बढ्ने उनले बताए । महानगरमा खसेको कुल एक लाख ४३ हजार दुई सय २६ मतमा अब करिब पाँच हजार मत गन्न बाँकी छ । महानगरका वडा नं. २२, ३२ र ३३ को मतगणना बाँकी रहेको जनाइएको छ । हालसम्म २२ वटा वडामा कांग्रेस विजयी भएको  छ भने आठवटा वडामा  एमाले विजयी भएको छ । 

हालसम्म एक लाख ३८ हजार दुई सय ११ मत गणना भइसकेकामा गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ५६ हजार चार सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कृष्ण थापाले ५१ हजार एक सय ८५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार पाँच सय ८२ मतसहित जित सुनिश्चित गर्दा कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार पाँच सय ४७ मत  प्राप्त गरेकी छिन् । रासस