मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १० मंगलबार १०:१२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मतदान भएको १२ दिनपछि उदयपुरको त्रियुगामा मतगणना हुँदै

Read Time : < 1 मिनेट
२०७९ जेठ १० मंगलबार १०:१२:००

उदयपुरको त्रियुगा नगरपालिकामा मतदान भएको १२ दिनपछि आजबाट मतगणना सुरु हुने भएको छ । त्रियुगा नगरपालिका– १२ को मतदान केन्द्रको विवादले रोकिएको मतगणना मंगलबारदेखि (आज) सुरु हुने भएको हो ।

मंगलबार बिहान निर्वाचन आयोग काठमाडौंले मतगणना सुरु गर्न जिल्लाको मुख्य निर्वाचन कार्यालयलाई पत्र पठाएपछि मतगणना सुरु हुन लागेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।  मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आयोगबाट मतगणना गर्न पत्रचार भएकाले बिहान १०ः३० बजेदेखि मतगणना सुरु गर्न लागिएको जानकारी दिए । 

उनले भने, ‘हामीले सबै दलका प्रतिनिधिलाई फोन गरेर बोलाएका छौँ, सबैजना आउनुभएको छ । अब मतगणना सुरु हुन्छ ।’ मतदानको दिन अन्तिम समयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

उक्त मतदान केन्द्रको विवादले त्रियुगामा निर्वाचनका लागि सहभागी भएका दल तथा उम्मेदवारहरू पनि दुई समूहमा विभाजित भएका थिए । एक समूह पुनः मतदान गराउनुपर्ने र अर्को समूहले खसेको मतलाई आधार मानेर मतगणना सुरु हुनुपर्ने पक्षमा थिए । 

यता मतदानको दिन मतदान गर्न छुटेकाहरू पुनः मतदानको मग गर्दै अदालत पुगेका थिए । प्रदेश सांसद सुनिता चौधरीसहित त्रियुगा नगरपालिका– १२ का स्थानीयले पुनः मतदान गरिपाऊँ भनी उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उक्त रिटमा गत सोमबार उच्च अदालत विराटनगर कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको थियो ।