१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १० मंगलबार ०९:३४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

वीरगन्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित    

Read Time : < 1 मिनेट
२०७९ जेठ १० मंगलबार ०९:३४:००

वीरगन्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार दुई सय १५ मत प्राप्त गरी विजयी भए ।   उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयकुमार सराबगीले २३ हजार ६ सय ७१ मत प्राप्त गरी पराजित भए ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगन्जका निवर्तमान नगरप्रमुख सराबगीलाई २२ हजार पाँच सय ४४ मतान्तरले पराजित गर्दै सिंह मधेस प्रदेशको एक मात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् ।  

यसैगरी, उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार कांग्रेसका इम्तियाज आलम २५ हजार एक सय ५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ६ हजार ७ सय १९ मत प्राप्त गरे ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाएका थिए ।