मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १० मंगलबार ०८:४७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गोलबजार नगरपालिकामा एमाले विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ १० मंगलबार ०८:४७:००

सिराहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। गोलबजार नगरपालिका प्रमुखमा नेकपा एमालेबाट श्याम श्रेष्ठ दुई  हजार दुई सय सात  मतान्तरले विजयी भएका हुन् । उनले सात  हजार नौ सय आठ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रबाट निवर्तमान प्रमुख देवनाथ साहले पाँच हजार सात सय एक मत पाएका छन् । नेपाली कांग्रेसका राजदेव साह हलुवाईले चार हजार ६ सय ५९ मत पाएका छन् ।

उपप्रमुखमा नेकपा एमालेवाट मान्ती साह दुई हजार ६० मतान्तरले विजयी भएकी छिन् । उनले सात  हजार सात सय तीन  मत पाएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका निवर्तमान उपप्रमुख रेशमकुमारी थापाले पाँच  हजार ६ सय ४३ र नेपाली कांग्रेसकी शान्ति सदायले चार हजार नौ ६५ मत पाएकी छिन् ।

यससँगै सिराहा जिल्लाको १७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते गोलबजार नगरपालिका– ११ मा वर्षाको कारणले करिब चार सय मतदाताले मत खसाल्न नसक्दा जेठ ३ मा चुनाव भएको थियो । ढिलो गरी चुनाव भएर मतपरिणाम सार्वजनिक गर्न ढिलाइ भएको निर्वाचन अधिकृतको कार्यालय गोलबजारले जनाएको छ ।