निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
२०७९ जेठ ९ सोमबार १६:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

Read Time : < 1 मिनेट
२०७९ जेठ ९ सोमबार १६:५०:००

दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले पदभार ग्रहण गर्नुअघि मन्दिरमा कसम खाएका छन्। उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी स्थानीय दुर्गा मन्दिरमा कसम खाएका हुन्।

राप्रपाबाट निर्वाचित उनले पार्टीको निर्देशन भन्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित मन्दिरमा कसम खाएका हुन्। ‘नगरपालिका शासन गर्ने थलो हाेइन, सेवा गर्ने थलो हो। यहाँ जनताको सेवा गर्न आएको हुँ,’ उनले भने, ‘हाम्रो पार्टीको निर्देशनअनुसार उम्मेदवार बन्नुपूर्व नजिकको मठमन्दिरमा गएर प्रण गर्‍याैँ। निर्वाचित भएपछि पनि पदमा रहुन्जेल भ्रष्टाचार गर्दिनँ भनेर गरेका हौँ।’

नगरपालिकाको पछाडिपट्टि रहेको दुर्गा मन्दिरमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित थापा सोमबार पदभार ग्रहण गर्नुपूर्व पुगेका थिए।