मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ९ सोमबार ११:४७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रौतहटको फतुवा बिजयपुरको मतगणनामा धाँधली भएको एमाले - माओवादीको आरोप

Read Time : < 1 मिनेट
२०७९ जेठ ९ सोमबार ११:४७:००

रौतहटको फतुवा विजयपुर नगरपालिकामा खसेको भन्दा  ४१ वटा बढी मतपत्र फेला परेको छ । बढी मतपत्र फेला परेको र पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थलबाहिर विरोध प्रर्दशन गरेका छन् ।

सो नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले फतुवा विजयपुर नगरपालिकाको वडा नं ३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले पठाएको तथ्याङ्कभन्दा ४१ वटा बढी मतपत्र फेला परेको बताए ।

निर्वाचन आयोगले बाक्सामा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफुले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ  छ । नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाए ।

नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली कांग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाउँमा पुन: मतदान गर्नुपर्ने माग राखेका छन् ।

पुन: मतदानको माग गर्दै एमाले र माओवादीका मतगणनास्थलमा रहेका प्रतिनिधिहरु निस्केको माओवादीका मेयरका उम्मेदवार तिमल्सिनाले बताए ।