निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ८ आइतबार १६:५२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगर : सिंहभन्दा १७,६९१ र स्थापितभन्दा १८,२५५ मतले बालेन साह अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ८ आइतबार १६:५२:००

काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्मको मतगणनाअनुसार ४१ हजार दुई सय ७९ मत प्राप्त गरेका छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई करिब १८ हजार मतले पछि पारेका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका साहले मतान्तर बढाइरहेका छन् । 

करिब एक लाख १५ हजार मत गणना हुँदासम्म स्वतन्त्र उम्मेदवार साह फराकिलो मतान्तरले अगाडि छन्। उनी सिंहभन्दा १७ हजार ६ सय ९१  र स्थापितभन्दा १८ हजार दुई सय ५५ मतले अगाडि छन्। सिंहले २३ हजार आठ सय ५५ र स्थापितले २३ हजार २४ मत पाएका छन्।