१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गठबन्धनबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरी (दायाँ) एमालेका उम्मेदवार टिकाराम खड्का (बायाँ)
२०७९ जेठ ८ आइतबार १०:३८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै 

Read Time : < 1 मिनेट
२०७९ जेठ ८ आइतबार १०:३८:००

दाङकाे तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । ३५ हजार एक सय ७५ मत गन्दा एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्का आठ सय ११ मतले अघि छन् । उनले १५ हजार चार सय पाँच मत ल्याएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १४ हजार पाँच सय ९४ मत ल्याएका छन् । 

उपमेयरमा पनि एमालेको अग्रता छ । एमालेको तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६ सय १५ मत प्राप्त गरेर अग्रस्थानमा छन् । गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानाले १० हजार आठ सय ९२ मत ल्याएका छन् । 

अहिलेसम्म नाैवटा वडाको मतगणना सकिएको छ । ती मध्ये चारवटा वडामा एमाले, तीनवटा वडामा कांग्रेस र दुईवटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ। 

आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार वडा नं. ७ मा कांग्रेसका रामबहादुर जिसी दुई हजार चार सय पाँच मत प्राप्त गरेर विजयी भएका छन् भने उनका  निकटतम प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भण्डारीले एक हजार सात सय ९२ मत ल्याएका छन् । 

त्यस्तै, वडा नं. ९ मा कांग्रेसका घनश्याम ढकाल एक हजार नाै मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वामदेव न्यैपानेले नाै सय ८६ मत प्राप्त गरेका छन् । 

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमाले विजयी बनेको थियो । तुलसीपुरमा एक लाख एक हजार चार सय ६० मतदाता रहेकोमा ७४ हजार तीन सय ३६ जनाले मतदान गरेका थिए ।