Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवदीप अजनवी नुवाकोट
२०७९ जेठ ७ शनिबार ०९:३७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बेलकोटगढीमा गठबन्धनका उम्मेदवार निर्वाचित 

Read Time : < 1 मिनेट
२०७९ जेठ ७ शनिबार ०९:३७:००

नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन दलका उम्मेदवारहरू निर्वाचित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गठबन्धन दलका मेयरका उम्मेदवार जगतबहादुर गुरुङ र उपमेयरमा शिवप्रसाद दाहाल निर्वाचित भएका हुन् । 

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार गुरुङले १३ हजार दुई सय २२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्ररमण खनालले ६ हजार सात सय ४९ मत ल्याएका छन् । नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार दाहालले १० हजार सात सय ६६ मत मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रूपा सापकोटाले सात हजार दुई ७४  मत ल्याएकी छिन् । यो पालिकामा मेयर र उपमेयर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । 

वडाअध्यक्षहरूमा वडा नं. १ मा नेकपा एमालेका सन्तबहादुर तामाङ, वडा नं. २ मा नेपाली कांग्रेसका रामचन्द्र तिमल्सिना, वडा नं. ३ मा नेकपा माओवादी केन्द्रकी कौशिला पुडासैनी, वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर लामा, वडा नं. ५ मा नेपाली कांग्रेसका  मदन भुजेल, वडा नं. ६ मा नेकपा एमालेका अम्बिका तामाङ, वडा नं. ७ मा नेपाली कांग्रेसका भुवनेश्वर नेपाल, वडा नं. ८ मा नेकपा एमालेका सुरेश चित्रकार, वडा नं. ९ मा नेपाली कांग्रेसका दुर्गाप्रसाद गजुरेल, वडा नं. १०मा नेपाली कांग्रेसका प्रल्हाद थपलिया, वडा नं. ११ मा नेपाली कांग्रेसका प्रकाशजंग पाण्डे, वडा नं. १२ मा नेकपा एमालेका डिल्लीराम सिलवाल र वडा नं. १३ मा नेपाली कांग्रेसका नवराज पान्डे निर्वाचित भएका छन् ।