१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सैनामैनाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४१:oo

रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा  कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा विजयी भए । शर्माले एमालेका चित्रबहादुर कार्कीलाई पराजित गरेका हुन् । कार्की गत निर्वाचनमा एमालेबाट प्रमुखमा विजयी भएका थिए । 

विजयी भएका शर्माले १५ हजार ६ सय ८६ मत ल्याएका छन् । कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरेका छन्  । शर्मा २०७४ मा कार्कीसँग पराजित भएका थिए ।

उपमेयरमा नेकपा एमालेका बिना राना निर्वाचित भएकी छिन् । रानाले १५ हजार ७ सय ६२ मत प्राप्त गर्दा माओवादी केन्द्रका मानवहादुर महतले १३ हजार ७ सय २० मत मात्र प्राप्त गरेका छन्  । राना २०७३ सालमा पनि उपमेयर जितेकी थिइन् ।

ad
ad