मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ ७ शनिबार ०६:३४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विराटनगर महानगरमा कांग्रेसका नागेश कोइराला र एमालेकी शिल्पा कार्की निर्वाचित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ७ शनिबार ०६:३४:००

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका नागेश कोइराला प्रमुखमा र एमालेकी शिल्पा कार्की उपप्रमुख  निर्वाचित भएका छन ।शनिबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गरेर प्रमुख पदमा आफनो जित सुनिश्चित गराएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी  एमालेका सागर कोइरालाले २१ हजार ४ सय ५५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादवले ८ हजार ७ सय ९८ र राप्रपाका प्रल्हादप्रसाद साहले ५ हजार २ सय १६ मत पाएका छन् ।

उपप्रमुखतर्फ एमालेकी शिल्पा कार्कीले २५ हजार ६ सय८० मत प्राप्त गरेर जित सुनिश्चित गराएकी छन् । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गरेका छन । राप्रपाकी बिन्दाकुमारी लुँईटेलले ६ हजार २०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार १ सय १७ मत प्राप्त गरिन् ।