मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ६ शुक्रबार १८:३१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हेटौँडा उपमहानगर : मतगणना नसकिँदै एमालेका पाैडेलले दिए समाजवादीकी लामालाई बधाई 

Read Time : < 1 मिनेट
२०७९ जेठ ६ शुक्रबार १८:३१:००

हेटौँडा उपमहानगरपालिकामा तीन हजार बढी मतगणना गर्न बाँकी रहँदै नेकपा एमालेका उम्मेदवारले नेकपा (एकीकृत समाजवादी) की उम्मेदवारलाई बधाई दिएका छन् । ७३ हजार ४ सय १४ मत खसेकाे हेटौँडामा हालसम्म ६९ हजार ६ सय ९६ मत मात्र गणना भएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनबाट समाजवादीकी मेयर उम्मेदवार मीनाकुमारी लामाले एमालेका उम्मेदवार अनन्त पौडेलभन्दा २ हजार ७७ मत बढी ल्याएकी छिन् ।

तीन हजार ७ सय १८ मत गणना बाँकी रहँदा २ हजार ७७ मतले पछाडि परेपछि एमालेका उम्मेदवार पौडेलले पराजय स्विकार्दै  मतगणना स्थल हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा पुगेर विजय उन्मुख लामालाई खादा लगाउँदै जितको शुभकामना र बधाई दिएका हुन् । लामाले हाल २१ हजार ८ सय २, एमालेका पौडेलले १९ हजार ७ सय १ र राप्रपाका दीपकबहादुर सिंहले १९ हजार १ सय ३७ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेका राजेश बानियाँको जित सुनिश्चित भइसकेको छ । उनी प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेभन्दा ७ हजार ३ सय ४४ मतले अगाडि छन् । 
    
हालसम्म बानियाँले २६ हजार ४ सय ४६ र काफ्लेले १९ हजार १ सय २ मत ल्याएका छन् । हेटौँडाको मेयर र उपमेयरमा ०४९ सालदेखि लगातार जितेको एमालेलाई हराउँदै गठबन्धन जितको नजिक पुगेको हो ।