१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७९ जेठ ६ शुक्रबार १६:२८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको कविलासीमा नेपाली कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ जेठ ६ शुक्रबार १६:२८:००

जिल्लाको कविलासी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका ब्रह्मदेव रायले निकटतम् प्रतिस्पर्धी जनता समाजवादीका रामनरेश रायलाई एक हजार सात सय ८१ मतान्तरले पराजित गरेका हुन् । विजयी ब्रह्मदेवले कुल ६ हजार चार सय ४४ मत पाए भने निकटतम् प्रतिस्पर्धी जसपाका रायले चार हजार ६ सय ६३ मत मात्र प्राप्त गरे । निवर्तमान मेयर कौशलकिशोर राय तीन हजार पाँच सय १८ मतसहित तेस्रो स्थानमा रहे ।

०७४ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट विजयी भएका यादवले यसपटक नेकपा एमालेबाट उम्मेदवारी दिएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीले उन्लाई पार्टी प्रवेश गराएका थिए ।

यस्तै, नगरको उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवार पुनम कर्ण विजयी भएकी छिन् । कर्णले निकटतम् प्रतिस्पर्धी जनता समाजवादीकी उम्मेदवार एवं निवर्तमान उपमेयर राधा देवीलाई एक हजार नाै सय ९१ मतान्तरले पराजित गरेकी हुन् । कर्णले कुल ६ हजार नाै सय सात मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी देवीले चार हजार नाै सय १६ मत प्राप्त गर्दै पराजित भइन् । 

वडाध्यक्ष तर्फ १ नम्बरमा कांग्रेसका दीपलाल राय यादव, २ मा एकीकृत समाजवादीका रामपुकार मण्डल, ३ मा एमालेका रामविश्वास राय, ४ मा जसपाका गिरधारी राय, ५ मा कांग्रेसका सुरेन्द्र राय, ६ मा कांग्रेसका पुरुषोत्तम राय, ७ मा कांग्रेसका धरवेन्द्र राय यादव, ७ मा कांग्रेसका वीरेन्द्रप्रसाद साह, ९ मा कांग्रेसका रामदिनेश राय र १० मा कांग्रेसका विनोदकुमार महतो विजयी भएका छन् ।