मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Thursday, 18 September, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o७९ जेठ ६ शुक्रबार १२:४८:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा विजय

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १२:४८:oo

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय थापा निर्वाचित भएका छन्। थापा सात हजार ६ सय दुई मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोख्रेलले सात हजार एक सय २८ मत पाए। थापा चार सय ७४ मतान्तरले विजयी भएका हुन्।

उपमेयरमा एमालेकी उम्मेदवार शिवकुमारी थारू निर्वाचित भएकी छिन्। उनले सात हजार नाै सय ५५ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार एक सय ८८ मत प्राप्त  गरिन्। 

११ वडा रहेको नगरपालिकामा वडा नम्बर १ मा एमालेका खिमविक्रम केसी, २ मा कांग्रेसका रामबहादुर चौधरी, ३ मा एमालेका टेकलाल सापकोटा, ४ मा लोसपाका नसिम अहमद खान (सब्बु) र ५ मा एमालेका नेत्र बेल्बासे विजयी भएका छन्।

त्यसैगरी वडा नम्बर ६ मा जसपाका मेहताब आलम खान, ७ मा माओवादीका अनुपकुमार चौधरी, ८ मा कांग्रेसका रिजवान खान, ९ मा माओवादीका रामगोपाल चौधरी, १० मा लोसपाकी मञ्जु मिश्रा र ११ मा कांग्रेसका रामेश्वर वर्मा निर्वाचित भएका छन्।