निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १९ आइतबार
  • Sunday, 03 July, 2022
गणेश लम्साल विराटनगर
२०७९ जेठ ६ शुक्रबार ०९:४४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मोरङको उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ६ शुक्रबार ०९:४४:००

मोरङको उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको हो । 

मेयरमा एमालेका गंगाप्रसाद खरेलले १२ हजार एक सय ५६ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खडग फागो १० हजार दुई सय ९० मत प्राप्त गरी पराजित भए । 

यसैगरी, उपमेयरमा एमालेकी मीनाकुमारी खतिवडाले १० हजार सात सय २८ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्की १० हजार ६ सय ४० मत प्राप्त गरी पराजित भइन् । ०७४ को निर्वाचनमा यहाँ कांग्रेसका खडग फागो प्रमुख पदमा निर्वाचित भएका थिए ।