१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ ६ शुक्रबार ०९:२९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मोरङको रतुवामाई नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ६ शुक्रबार ०९:२९:००

मोरङको रतुवामाई नगरपालिकाकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । प्रमुखमा कांग्रेसका नागेश्वरप्रसाद सिंह गंगाईले १३ हजार एक सय ३५ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका दुर्गाबहादुर  विष्टले १२ हजार दुई सय ५२ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी दमयन्तादेवी चुँडाल नाै हजार तीन सय ७४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम्प्रतिस्पर्धी माओवादी केन्द्रका सुमन कालिकोटे आठ हजार चार सय ७९ मत प्राप्त गरी पराजित भए ।