१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३३:oo

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका मनोज प्रसाईं विजयी भएका छन् । उनले ११ हजार चार सय तीन  मत प्राप्त गरे । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीरा भुर्तेलले आठ हजार तीन सय दुई मत प्राप्त गरिन् । 

गाउँपालिका उपाध्यक्षमा भने गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका भवानीप्रसाद खतिवडा निर्वाचित भए । उनले आठ हजार ७४ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादीका खड्गबहादुर तिम्सिनाले पाँच हजार दुई १६ मत प्राप्त गरे । बुद्धशान्तिका सात वडामध्ये चारमा कांग्रेस र तीनमा एमाले विजयी भएको छ । 

हालसम्म झापामा दुई नगरपालिकासहित सातवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा कांग्रेसले एक नगरपालिकासहित चार स्थानीय तह कांग्रेसले, एक नगरपालिका र एक गाउँपालिका गरी दुई स्थानीय तह एमालेले र एउटा गाउँपालिका राप्रपाले  जितेको छ ।

ad
ad