१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

झापा गाउँपालिकामा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:२७:oo

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गौरीशंकर राजवंशीले ६ हजार ३६५ मत पाए।

उपाध्यक्षमा कांग्रेसकी अञ्जुदेवी थपलिया निर्वाचित भएकी छिन्। उनले ५ हजार ८६८ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी देवीमाया अधिकारीले ४ हजार ३७१ मत पाइन्। सात वटा वडा रहेको झापा गाउँपालिकामा ५ वटा कांग्रेस र दुईवटामा स्वतन्त्रले जितेका छन्। 

ad
ad