मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ५ बिहीबार १८:०५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

दोलखाको शैलुङ गाउँपालिकामा माओवादी केन्द्रका श्रेष्ठ अध्यक्षमा विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार १८:०५:००

दोलखाको शैलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठ अध्यक्षमा विजयी भएका छन्। उपाध्यक्षमा नेकपा एमालेकी पार्वती कार्की थापाले जित हासिल गरेकी छिन्। श्रेष्ठले  नेकपा एमालेका उम्मेदवार धनबहादुर तामाङलाई ८८ मतान्तरले पराजित गर्दै शैलुङ गाउँपालिका प्रमुख बनेका हुन्। रिमालले ४ हजार ९ सय १८ मत प्राप्त गरेका छन् भने तामाङले ४ हजार ८ सय ३० मत पाएका छन्। 

शैलुङ गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी पार्वती कार्की निर्वाचित भएकी छिन्। उनी नेपाली कांग्रेसका दाबादोर्जे लामालाई पराजित गर्दै पालिका उपाध्यक्षमा विजयी भएकी हुन्। उपाध्यक्ष कार्कीले ५ हजार १ सय ३५ मत प्राप्त गर्दा लामाले ४ हजार ७ सय ४१ मत पाएका छन्। 

शैलुङमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको थियो। शैलुङ गाउँपालिकाका ८ वटा वडामध्ये  ४ एमाले २ कांग्रेस र २ वटा वडा माओवादी केन्द्रले जित हासिल गरेका छन्।