मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Saturday, 12 July, 2025
तिवारी यादव वीरगन्ज
२o७९ जेठ ५ बिहीबार १३:२४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

वीरगन्ज महानगरमा दाेब्बर मतले गठबन्धनलाई अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १३:२४:oo

वीरगन्ज महानगरपालिकाको मेयरमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले दोब्बर मतान्तरले अग्रता लिएका छन्। दिउँसो १ बजेसम्म ३० हजार एक सय ६३ मतगणना हुँदा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार सिंहले १६ हजार एक सय १३ मत ल्याएका छन्।

महानगरको मेयरका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सराबगीले आठ हजार दुई सय पाँच मत ल्याएका छन्। उनी महानगरको निवर्तमान मेयरसमेत हुन्। राप्रपाका गिरीश गिरीले सात हजार आठ मत पाएका छन्। 

त्यसैगरी, उपमेयरमा गठबन्धनबाट कांग्रेसका इम्तियाज आलम ११ हजार चार सय ६३ मतसहित पहिलो स्थानमा छन् भने एमाले–लोसपा गठबन्धनका पुरुषोत्तमलाल झाले दुई हजार दुई सय ७३ मतसहित उनलाई पछ्याइरहेका छन्। राप्रपाकी विना जैसवालले एक हजार एक सय ५३ मत प्राप्त गर्दा उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले एक हजार ६ सय ६३ मत पाएकी छिन्।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि ६ तथा २९ देखि ३२ सम्मको मतगणना सम्पन्न भइसकेको छ।