१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
श्रवण थापा सर्लाही
Invalid date format १o:५१:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको लालबन्दीमा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १o:५१:oo

सर्लाहीको लालबन्दीमा गठबन्धनका उम्मेदवारलाई तेस्रो स्थानमा छाड्दै कांग्रेसका उम्मेदवार विजयी भएका छन् । लालबन्दी नगरपालिकाको निर्वाचनको अन्तिम मतपरिणामअनुसार मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार वाशुदेव अधिकारी विजयी भएका हुन् ।

उनले नेकपा एमालेका उम्मेदवारलाई एक हजार ६ सय ७८ मतान्तरले पराजित गरेका हुन् । उनले कुल मत नौ हजार पाँच सय ६१ प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले सात हजार आठ सय ८३ मतमात्र पाए ।

यस्तै उपमेयर पदमा पनि नेपाली कांग्रेसले बाजी मारेको हो । कांग्रेसकी उम्मेदवार कल्पनामाया पाख्रिनले ६ सय ७१ मतान्तरको जित निकालिन् । पाख्रिनले कुल आठ सय आठ सय ५० मत पाएर विजयी हुँदा उनकी निकटतम् देखिएकी एमालेकी उम्मेदवार सन्सरीमाया थिङले आठ हजार एक सय ५९ मत मात्र प्राप्त गर्दै पराजित भइन् ।