मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ जेठ ५ बिहीबार १०:३३:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धादिङको त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार १०:३३:००

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजु उप्रेती विजयी भएका छन् । उनी ६ हजार सात सय ७१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उमेशकुमार थापा क्षेत्रीले पाँच  हजार एक सय २६ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवराज धरेलले ६ हजार ३४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी  नेकपा एमालेका उम्मेदवार संगीता  कुमालले पाँच हजार दुई सय १० मत प्राप्त गरेकी छिन् ।

गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका भीमप्रसाद भट्ट, वडा नं. २ र ३ मा क्रमशः नेकपा एमालेका उम्मेदवारहरू कृष्णबहादुर खत्री र कमलबहादुर थापा विजयी भएका छन् ।  वडा नं. ४, ५, ६ र ७ मा  क्रमशः माओवादी केन्द्रका कपिलदेव सिंखडा, कुशबहादुर सिटौला, हरिबहादुर विक र सुवास अधिकारी विजयी भएका छन् ।