१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ ५ बिहीबार ०८:३७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विराटनगर महानगरपालिका : नागेश र शिल्पा जितको नजिक  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ५ बिहीबार ०८:३७:००

विराटनगर महानगरपालिकाको मेयर पदमा सत्तागठबन्धतर्फका उम्मेदवार कांग्रेसका नागेश कोइराला र उपमेयर पदकी एमाले उम्मेदवार शिल्पा कार्की जितको नजिक पुगेका छन् ।  

मेयर पदका उम्मेदवार कोइरालाले उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार सागर थापाले भन्दा चार हजार ६ सय  २४ मत अन्तरले अग्रता लिइरहेका  छन् । बिहीबार  बिहान ७ बजेसम्ममा कोइरालाले १७ हजार पाँच सय ९८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सागर थापाले १२ हजार नौ सय ७४ मत पाएका छन् । उनीहरूलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार उमेश यादवले पाँच हजार आठ सय ७९ मत प्राप्त गरेका छन् ।   

यसैगरी, उपमेयरतर्फ एमालेकी उम्मेदवार शिल्पा कार्कीले १५ हजार ४० मत प्राप्त गरेकी छिन । कार्कीले प्राप्त गरेको यो मत उनका प्रतिस्पर्धी अमरेन्द्र यादवको भन्दा पाँच हजार आठ सय ६३ ले बढी हो । गठबन्धनबाट उपमेयरमा उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवले नौ हजार एक सय ७७ मत प्राप्त गरेका छन् । उनीहरूलाई पछ्याइरहेका उम्मेदवारहरू  राप्रपाकी बिन्दाकुमारी लुइँटेल आचार्यले चार हजार दुई सय १२ र  स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले तीन हजार दुई सय ७८  मत पाएका छन् ।  

जम्मा १९ वटा रहेको विराटनगर महानगरमा बिहीबार बिहानसम्म १० वटा वडाको मतगणना सम्पन्न भइसकेको छ ।