१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:४२:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

घोराही उपमहानगर : गठबन्धनलाई हराउँदै एमाले विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:४२:oo

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ। ०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा विजयी भएका एमालेका नरुलाल चौधरी यसपटक पनि आफ्नो सिट सुरक्षित राख्न सफल भए। उनले ३१ हजार सात सय २८ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’ले २६ हजार तीन सय ६८ मत प्राप्त गरेका थिए । उनीहरूबीचको मतान्तर पाँच हजार तीन सय ६० छ ।

त्यस्तै, उपमेयरमा एमालेकै हुमा डिसी विजयी भएकी छिन् । डिसी गठबन्धनको तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भएकी हुन् । डिसीले ३० हजार पाँच सय तीन मत प्राप्त गरेकी थिइन् भने डाँगीले ३० हजार चार सय ५४ मत प्राप्त गरेका थिए। डाँगी ०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट घोराहीको मेयरमा उम्मेदवार थिए । त्यतिवेला एमालेका नरुलाल चौधरीका निकटतम् प्रतिद्वन्द्वी थिए। अहिले गठबन्धनपछि उनी घोराहीको उपमेयरको उम्मेदवार बनेका थिए ।  

१९ वडा रहेको घोराहीमा एमालेले १३ वटा वडामा जित निकाल्न सफल भएको छ । वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७, १८ मा जित निकाल्न सफल भएको हो। त्यस्तै, माओवादी केन्द्रले वडा नं. ९ मा मात्र जित निकालेको छ। अघिल्लो निर्वाचनमा माओवादी केन्द्र तीनवटा वडा जित्न सफल भएको थियो । त्यस्तै, कांग्रेस पाँचवटा वडामा जित निकाल्न सफल भएको छ। कांग्रेस १०, १३, १५, १६ र  १९ नम्बर वडामा जित निकाल्न सफल भएको हो। घोराहीमा सत्तापक्ष गठबन्धन थियो । जसमा मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसको भागमा थियो ।