मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ५ बिहीबार ०६:३२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भद्रपुर नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा राप्रपा विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार ०६:३२:००

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका गणेश पोखरेल विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका पोखरेल १२ हजार पाँच सय २५ मतका साथ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका असारु राजवंशीले नौ हजार सात सय ५९ मत पाए। 

०७४ को स्थानीय तहमा यहाँ एमालेले जितेको थियो । पोखरेल एमालेका जीवनकुमार श्रेष्ठसँग पराजित भएका थिए ।  जितसँगै भद्रपुरमा कांग्रेसले इतिहास रचेको छ । कांग्रेसका शीर्ष नेता सिटौलाको गृहनगरमा प्रजातन्त्र पुनर्स्थापनापछि भएको स्थानीय तह निर्वाचनमा कांग्रेसको सधैँ हारको इतिहास थियो । यसपटक भने कांग्रेसले जित निकाल्दै नयाँ इतिहास बनाएको हो । 

उपप्रमुखमा भने गठबन्धन पराजित भएको छ । उपप्रमुखमा राप्रपाकी राधा कार्की विजयी भइन् । उनले नौ  हजार दुई सय ३० मत पाइन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादीका शिवकुमार राजभण्डारीले आठ हजार पाँच सय ३३ मत पाए । ०७४ को पहिलो स्थानीय तह निर्वाचनमा राजभण्डारी प्रमुखमा पराजित भएका थिए । भद्रपुरका १० वटा वडामध्ये कांग्रेसले चार, एमालेले तीन, राप्रपाले दुई र माओवादीले एउटा वडा जितेको छ ।