मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ४ बुधबार १८:४१:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

ललितपुर महानगर : चिरिबाबुले बनाए फराकिलो अन्तर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १८:४१:oo

ललितपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अन्तर बनाएका छन्। २५ हजार २६२ मत गणना गर्दा उनले १३ हजार ६४६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ७ हजार ५१ मत प्राप्त गरेका छन्। 

त्यस्तै, उपमेयरतर्फ एमालेकी मञ्जली शाक्यले ७ हजार २७८ मत ल्याएकी छिन् भने नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले ३ हजार ७६८ मत प्राप्त गरेका छन्। ललितपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ। 

तर, उपमेयरमा भने माओवादी केन्द्रका बज्राचार्यलाई निकै कम मत खसेको छ। उपमेयरमा बज्राचार्य उम्मेदवार भए पनि उम्मेदवार नै नभएको नेपाली कांग्रेसको चुनावचिह्नमा मत खसेको छ। नेकपा माओवादी केन्द्र ललितपुरले नेपाली कांग्रेसबाट चुनावमा धोका भएको बताउँदै आएको छ। माओवादीले कांग्रेसलाई मत दिए पनि कांग्रेसले भने माओवादीका उम्मेदवारलाई मत नदिएको केन्द्रको आरोप छ।