१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

रुपन्देहीको कञ्चन र शुद्धोधन गाउँपालिकामा कांग्रेस  विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o४:oo

रुपन्देहीको कञ्चन र शुद्धोधन गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ ।   शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल सात हजार नौ सय ८३ मतसहित विजयी भएका हुन् । निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका किशुनचन्द्र चौधरीले ६ हजार दुई सय ७० मत प्राप्त गरेका छन । यहाँ जसपाका उम्मेदवारले दुई हजार ६ सय २८ मत प्राप्त गरेका छन् । 

यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी शान्तादेवी ज्ञवाली ६ हजार ६ सय ८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनतर्फ नेकपा माओवादीकी शारदा भुसालले तीन हजार दुई सय ५५ मत प्राप्त गरेकी छिन् । यहाँ जसपाका उम्मेदवारले दुई हजार सात सय ६० मत प्राप्त गरेका छन् । शुद्धोधनको वडा नम्बर १ मा जसपा, ३ मा एमाले र बाँकी वडामा कांग्रेस विजयी भएको छ । 

कञ्चनमा गठबन्धनको जित
रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ । मतदान अधिकृत देवेन्द्रराज आचार्यका अनुसार यहा उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन । गाउँपालिका अध्यक्षमा नवराज ढकालले एमालेका दीनानाथ आचार्यलाई एक हजार चार सय ३९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । ढकालले सात हजार चार सय ९९ मत पाएर निर्वाचित हुँदा आचार्यले ६ हजार ६० मत पाएका छन् ।

०७४ को चुनावमा यो पालिका एमालेले जितेको थियो । यसपटक कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेअनुसार पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा विजयी भइन् । मौसमी रूख चिह्नबाटै लडेकी थिइन् । 

ad
ad