१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o७९ जेठ ४ बुधबार o८:४२:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कृष्णपुर– ९ मा कांग्रेसका बलायर दोब्बर मतले विजयी  

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार o८:४२:oo

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ मा एमालेको गढ भत्काउँदै नेपाली कांग्रेसका उम्मेदवार कैलाशबहादुर बलायर भारी मतका साथ निर्वाचित भएका छन । बलायरले आफ्ना निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशबहादुर ऐरलाई तीन सय ७९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार कांग्रेसका बलायरले एक हजार दुई सय २१ र एमालेका ऐरले आठ सय ४२ मत ल्याएका थिए । यसअघि ०७४ मा एमालेकै उम्मेदवार छत्र महरासँग पराजित भएका कांग्रेसका बलायर यसपटक फराकिलो मतका साथ निर्वाचित भएका छन् । 

बलायर अघिल्लोपटक एक सय ९८ मतले एमालेका महरासँग पराजित भएका थिए । उतिवेला वडामा एमालेका महराले आठ सय २६, कांग्रेसका बलायरले ६ सय २८ मत ल्याएका थिए । पाँच वर्षपछि बलायले वडामा दोब्बर मत ल्याएका छन् ।