१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ४ बुधबार ०८:१२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बाह्रदशी गाउँपालिकामा एमाले विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार ०८:१२:००

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी भएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा यसपटक एमालेले जितेको हो । गाउँपालिका अध्यक्षमा एमालेका देवीन्द्रप्रसाद चाैंलागाईं विजयी भए । उनले सात हजार एक सय ८४ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खड्गप्रसाद राजवंशीले चार हजार तीन सय ६१ मत पाए । राजवंशी यसअघि गाउँपालिका अध्यक्ष थिए ।

उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी शान्तादेवी सिवाकोटी विजयी हुँदै ६ हजार ६ सय ३६ मत पाइन् । उनकी निकटतम् प्रतिद्वन्दी राप्रपाकी कमला राजवंशीले चार हजार एक सय ९५ मत पाइन् । यो गाउँपालिकाका सातवटा वडामध्ये चार वटामा कांग्रेस, एउटामा एमाले, एउटामा राप्रपा र एउटामा स्वतन्त्र विजयी भएका छन् ।