१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २२ शनिबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको हरिपुर्वा नगरपालिकामा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३३:oo

सर्लाहीको हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । हरिपुर्वा नगरपालिकाको सम्पन्न मतगणनाको परिणामअनुसार मेयरका उम्मेदवारमा नेपाली कांग्रसका विनोदकुमार साह तेली विजयी भएका हुन् । साहले पाँच हजार ९९ मत प्राप्त गरे । यस्तै, उनका निकटतम् प्रतिस्पर्धीमा देखिएका जनता समाजवादी पार्टीका योगनारायण राय एक हजार ६ सय ६ मतान्तरले पराजित हुन पुगे । उन्ले तीन हजार चार सय ९३ मत मात्र प्राप्त गरे ।

यस्तै, उपप्रमुख पदमा पनि नेपाली कांग्रेसकी सुमित्रादेवी ग्वारनी विजयी भएकी छिन् । चार हजार तीन सय ९१ मत प्राप्त गरेकी ग्वारनी उपमेयरमा विजयी भइन् । उनको निकटतम् प्रतिस्पर्धामा देखिएकी जनता समाजवादीकी सुनिता देवी यादवले तीन हजार चार सय मत मात्र प्राप्त गरिन् । 

यसैबीच, यस नगरपालिकामा वडाध्यक्ष पदमा १ नम्बर वडाबाट कांग्रेसका श्यामबाबु राय, २ नम्बरमा कांग्रेसका दिनेश राय यादव, ३ कांग्रेसका नम्बरमा धर्मराज सिङ, ४ नम्बरमा नोखेलाल राय यादव, ५ नम्बरमा कांग्रेसका विजय भूषणप्रसाद साह, ६ नम्बरमा राम प्रताप राय, ७ नम्बरमा लोकतान्त्रिक समाजवादीका रामनाथ राय यादव, ८ नम्बरमा लोकतान्त्रिक समाजवादीका रामेश्वर राय र ९ नम्बरमा लोकतान्त्रिक समाजवादीका सुरेन्द्र महतो कोइरी विजयी भएका छन् । 

हरिपुर्वा नगरपालिका ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसले विजयी हासिल गरेको पालिका हो । योसहित जिल्लामा कांग्रेसले जितेकोे पालिकाको संख्या चार पुगेको छ भने दुईमा माओवादी केन्द्र विजयी भएको छ ।

ad
ad