तनहुँको रिसिङ गाउँपालिकामा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

रिसिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठले तीन हजार तीन सय ३५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

उनका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार श्रीराम आलेले तीन हजार ३३ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा चार हजार चार सय २९ मत प्राप्त गरी गिनुमाया थापा विजयी भएकी छिन् । 

प्रतिस्पर्धी माओवादी केन्द्रका मधुसिंह थापाले तीन हजार चार सय ८९ मत ल्याएका थिए । अध्यक्ष र उपाध्यक्ष दुवैजनाले दोहोर्याएका थिए । दुवैजना दोस्रो कार्यकालको लागि  निर्वाचित भएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार